झिल्केले म्वाई खाला नयाँ गीत सार्वजनिक


एकपछि अर्को नयाँ गित सार्वजनिक भैरहेको समयमा फेरी अर्को गीत सार्वजनिक भएको छ । गायक डिजराज पौडेलको ुझिल्केले म्वाई खालाु बोलको नयाँ गीत सार्वजनिक भएको हो । ओएसआर डिजिटल मार्फत् बजारमा आएको गीतमा शब्द सानु तिवारीले दिएका छन् ।

गीतमा स्वर र संगीत डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको गरेका छन् । गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्।

गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ। गायक पौडेलका तिमी आउने बाटोमाु, सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौँला मोटर गाडीमा जस्ता गीतहरु लोकप्रिय रहेका छन्।

पौडेलले फरक जनराको भए पनि झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्। ४ मिनेट ४४ सेकेन्डको म्युजिक भिडियो गितमा स्थानीय मौलिकतालाई समेत प्राथमिकता राखेर दृश्य छायाङक गरिएको छ ।