एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच एमसीसीका बारेमा छललफल


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच एमसीसीका बारेमा छलफल भएको छ । ओली निवास बालकोट पुगेका बेरीले आज पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र राजदूत बेरीबीच भेट गरी एमसीसीका बारेमा थप छलफल गरेका हुन ।

संसदमा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार गएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ । एमालेको चाहना एमसीसी पास गर्ने भएपनि अहिलेसम्म औपचारिक रुपमा अघि बढ्न सकेको छैन ।