सबै गलत प्रपञ्चको जालो चिरेर विजयी हुने माओवादी अध्यक्ष प्रचण्डको विश्वास


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । साथै उनले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको भएपनि ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरु बीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’