बिहिबार संसदमा एमसीसीका बारेमा छलफल सुरु हुने सम्भावित कार्यसूची


संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने छन् । संसद बैठक बस्नुअघि विहान ११ बजे कार्यब्यबस्था परामर्श समितिको बैठक बस्ने छ । संसद बैठक दिउँसो १ बजेबाट बस्ने छ । संसदमा एमसीसीको छलफल सुरु हुने भएसँगै सडकमा आन्दोलन चकिर्ने निश्चित जस्तै छ ।