पर्वतको दुर्लुङकोट धार्मिक पर्यटकीय गन्तव्य बन्दै


‘देउपुरको जस्तो खेती र पाती बाजुङको ठूलो गाउँ । उराठ लाग्ने दुर्लुङको डाँडा मोहनी लाग्ने पाङ ।’ भन्ने उखान पर्वतमा निकै चर्चित छ । पर्वत र आसपासका क्षेत्रमा विगतमा निकै चर्चामा रहेको यस गीतमा उराठ लाग्ने भनिएको दुर्लुङको डाँडाको पहिचान अहिले भने फेरिएको छ ।

हिमाली एवं पहाडी दृश्यावलोकनको महत्वपूर्ण गन्तव्यमध्येको हालको कुश् नगरपालिका–३ स्थित दुर्लुङमा पछिल्ला वर्षमा भने ठाउँ ठाउँबाट पर्यटक पुग्ने गरेका छन् ।

स्थानीय जागरुकतासँगै यहाँको ऐतिहासिक एवं धार्मिक महत्वको प्रचारप्रसार हुन थालेसँगै विगतको उराठ लाग्ने दुर्लुङ यतिखेर जिल्लाकै मोहोनी लाग्ने गन्तव्यमध्ये एक जस्तै बन्दै गएको छ । धौलागिरिदेखि धौलाशिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाली दृश्यलाई एक साथ नियाल्न सकिने यो ठाउँ समुद्री सतहबाट १ हजार ४ सय मिटर उचाइमा छ ।

यस ठाउँबाट देखिने म्याग्दी, वाग्लुङ, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा, पर्वत आदि जिल्लाका पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको स्थानीय समाजसेवी एवं दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सचिव बालकृष्ण शर्माले बताए ।

लामा र अग्ला झोलुङगे पुलहरुको पहिचान बनाएको पर्वतको कुश्मा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत यस क्षेत्रमा पु¥याउन सके यात्राको समय बढेने हुदाँ थप आय आजका साथै आर्थिक रुपमा विकास हुने अपेक्षा समेत लिइएको छ ।