अर्थमन्त्री शर्मा पर्वतमा


एमसीसी अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस् भनी संसद बैठकमा प्रस्ताव प्रस्तुत गर्न प्रतिनिधिसभाको दशौं अधिवेशनमा अर्थमन्त्री जनार्दन शर्माको नाम रहेको छ । संसद बैठकमा प्रस्ताव पेश गर्ने कार्यतालिका रहेका अर्थ मन्त्री शर्मा भने पर्वतको कुश्मा पुगेका छन् ।

हिजो देखि पर्वतको सदरमुकाम कुश्माका व्ययवसायीहरुसंग शर्मा छलफलमा जुटेका छन् । पर्वत उद्योग बाणिज्य संघको ४६ औं स्थापना दिबस तथा ३९ औं बार्षिक साधरण सभालाई सम्बोधन गर्न मन्त्री शर्मा पर्वत पुगेका हुन ।

अर्थमन्त्री शर्माले पर्वतमा पुगेर संघका अध्यक्ष, पुर्बअध्यक्ष, पदाधिकारी तथा व्यवसायीहरुसंग बजारको वास्तविक समस्याहरुको बारेमा अनौपचारिक रुपमा छलफल गरेका हुन ।

पर्वतका पर्यटकीय स्थलहरुको अवलोकनसँगै जिल्ला भित्रका विकास निर्माणका कार्यमा समेत जिल्लाका व्यावसायीहरुसँग छलफल भएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताएका छन् । अधिकारीकै पहमा पर्वतका अर्थमन्त्रीलाई लगी कार्यक्रम गर्न सफल भएका हुन ।

पर्वतको कुश्मामा पछिल्ला वर्षहरुमा लामा झोलुङगे पुल तथा पुल माथि निर्माण होटल सञ्चालन गरी तातो चिसो खाजासहितको व्यवस्था भएकाले आन्तरिक पर्यटकहरु निकै आकर्षित हुने भएको छन् ।

अर्कोतिर साहासिक पर्यटकहरुका लागि पर्वत बाग्लुङको बलेवा जोड्ने कालीगण्डकी माथिको अग्लो पुलबाट बञ्जिजम्प हान्न सकिने तथा पुल माथि नै साईकल यात्रा समेत गर्न सकिने व्यवस्था छ ।

अर्थ मन्त्री शर्मा श्रीमती लक्ष्मी शर्माका साथमा विहान कालीगण्डकी माथि नेपालकै पहिलो स्काइ क्याफेमा बसेर चिया खादै गरेको तस्विर सार्वजनिक गरेका छन् । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ हो ।

कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले सो क्याफे सञ्चालनमा ल्याएको हो। ‘स्काई साइक्लिङ’का लागि राखिने तार जस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको छ ।

 

संसदमा एमसीसी प्रस्ताव पेश गर्ने दिन ८ गते आइतबार समेत शर्मा विरामी भएकाले बैठकमा सहभागी हुन नसकेकाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा टेवल गरेका थिए ।

यता अर्थमन्त्रीको सचिवालय भने पूर्व निर्धारित कार्यक्रम अनुरुपनै अर्थमन्त्री शर्मा पर्वतको कार्यक्रममा सहभागी हुनुभएको बताएको छ । माओवादी केन्द्र भने एमसीसी संशोधन गरेर मात्र अघि बढाउने पक्षमा निरन्तर लागि रहेको छ । यथास्थितिमा भने एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीले स्पष्ट पारेको छ ।