प्रचण्ड पुगे बालुवाटार प्रधानमन्त्री भेट्न


अमेरिकी सहयोग परियोजना मसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल सकिए लगतै माओावदी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।

एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।

छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।