बानेश्वर आसपासमा उच्च सुरक्षा सर्तकता


बिहीबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यतालिका छ । भित्र बैठक बस्ने भएसंगै बानेश्व आसपासमा सुरक्षाकर्मीको बाक्लो सहभागिता बनाइएको छ । आन्दोलनकारीहरुबाट ससद बैठकबै आक्रमण हुन सक्नेसम्मको सुरक्षा आकलन गर्दै उच्च सर्तकता अपनाइएको हो ।

आजको बैठकमा एमसीसी परियोजनामाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । सदनमा एमसीसीको बहस सुरु भइरहँदा सडकमा भने त्यसको विरोधमा प्रदर्शनहरू जारी रहेका छन् ।

गत फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकका दौरान संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान नै बनेको थियो । प्रहरीले रबरको गोली नै चलाउन परेको थियो भने दर्जनौँ प्रहरी तथा आन्दोलनकारी घाइते भएका थिए ।

आज पनि सो प्रकृतिको प्रदर्शन र झडप हुने आशंका गरी नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था यतिबेला कडा पारिएको छ । सरकारले नयाँ बानेश्वरको संसद भवन पखाललाई समेत काँडे तारले घेरिएको छ ।

नागरिकले नचाहेको विषय सांसदले अघि बढाउ खोजेकाले सार्वभौमसत्ता सम्पन्न सांसदनै असुुरक्षित हुदाँ पनि राजनीतिक दलले मुलुकको पक्षमा निर्णय लिन सकेका छैनन ।