कलाकार जयनन्द लामाको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान


वरिष्ठ गायक तथा कलाकार जयनन्द लामाको पार्थिव शरीरलाई नेपाली राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान गरिएको छ । बिहीबार राष्ट्रिय नाचघर जमलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले लामाको पार्थिव शरीरमा नेपाली राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

श्रद्धाञ्जली कार्यक्रममा मन्त्री आलेसहित कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष एवम् इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण प्रसाद कंडेल, सीएनएन हिरो अनुराधा कोइराला, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्य निर्देशक राजु शाह, निर्देशक एनबी महर्जन, कलाकार कृष्ण मल्ल, निर्देशक मदन घिमिरे, नायक शितल केसी, सुवास गजुरेल, लोकगायक कृष्ण कँडेललगायत उल्लेख्य कलाकर्मीको सहभागिता रहेको थियो । लामाको हिजो आफ्नै निवास कैशलटारमा कारबाट झने क्रममा अल्झिएर निधन भएको थियो । लामा सयौं गितहरु अहिले पनि त्यतिकै लोकप्रिय छन् ।

कलाकार लामाको बुधबार बिहान २ बजे आफ्नै घर अगाडिको कार पार्किङमा निधन भएका हो । ‘कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ…’, ‘चुइँ चुइँ चुइँकने जुत्ता…’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ लगायत नेपालीजनको ओठमा झुन्डिन सफल थुप्रै गीतका सर्जक लामा ६६ वर्षका थिए ।

सिन्धुपाल्चोकको बाहबीसे–२ घर भएका लामा पछिल्लो समय भक्तपुर कौशलटारमा बस्दै आएका थिए । करिब ५ दशकदेखि गायनमा क्रियाशील रहेका लामा गायक, संगीतकार, गीत संकलक, निर्माता, निर्देशक, लेखक, कलाकार र नृत्यकार लगायत बहुप्रतिभाशाली थिए ।

‘पानी पर्यो बलेसी’, ‘नक्कलीलाई पातलीलाई कसरी बिहे गरूँ’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ जस्ता लामाका गीत कसले भुल्न सक्छ र ?

‘मनको बाँध’ फिल्मबाट अभिनययात्रा सुरु गरेका उनले नाटक, फिल्म र टेलिफिल्म लगायतमा अभिनय गरेका छन् । पछिल्लो समय उनी ‘हल्का रमाइलो’ सिरियलमा अभिनयरत थिए । नेपाली कला क्षेत्रका दिग्गजदेखि अहिलेको पुस्तासँग समेत काम गर्न सफल लामा आँखामा हाल्दा पनि नबिझाउने मानिस भएको कलाकर्मी बताउँछन् ।

लामो विहीबारनै स्वम्भुमा बौद्ध परम्परा अन्तर्गत अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनको अन्त्येष्टिमा राष्ट्रिय सम्मानका साथ गरिने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । तस्बिर स् सुवास श्रेष्ठररातोपाटी