राष्ट्र उत्थान लघुवित्तको शेयर बाँडफाँट, ७९ हजार ४५० जनाले मात्रै शेयर पाए


राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर ९ आईपीओ० बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शेयर बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जना आवेदकबाट २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कुल आवेदन मध्ये ५ हजार ८५९ जनाको आवेदन रद्ध भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । त्यसअनुसार योग्य २५ लाख ७९ हजार ४०२ जनाको आवेदन परेको छ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये गोलाप्रथाबाट ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताको दरले शेयर पाएका छन् ।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पूँजी २६ करोड रुपैयाँको ३२।६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०।५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो ।