प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल


सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको छ ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल भएको हो ।

संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी छन् ।

प्रधानमन्त्री देउवाले एमालेको साथ लिएर अहिलेको जारी गठबन्धलाई तोडी एमसीसी पास गर्ने अभियानमा लागेका छन् । नेकपा माओवादी, नेकपा समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा, नेपाल मञ्जुर किसान पार्टी, राप्रापा लगायतका दलहरु एमसीसीको विरोधमा उत्रिएका छन् ।