स्थानीय तह निर्वाचनका लािग ८ अर्ब ९५ करोड माग


स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि निर्वाचन आयोगले रकम निकासा गरिदिन आग्रह गरेको छ । आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयां बजेट माग गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा निकासाको लागि अनुरोध गरी पठाइएको जनाएको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचनमा खटिने जनशक्तिहरूको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आवश्यक निर्णय पनि गरेको छ । जसअनुसार १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति विमाङ्क रकम २० लाखको बीमा गर्न मिति बुधबार सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बीमा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरेको पनि उल्लेख छ । यस्तै ,स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा राजनीतिक दलहरुले निवेदन दिएको पनि आयोगले जनाएको छ ।