सत्ता गठबन्धन घरापमा परेको कांग्रेस महामन्त्री थापाको भनाई


नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको खुलासा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री थापाले अहिलेको गठबन्धन संकटमा परेको बताएका छन् ।

अब गठबन्धन अघि बढ्न नसक्ने भन्दै यो एमसिसी पार नलाग्ने थापाको भनाइ छ । अब गठबन्धनबाट पार लागने नदेखिएकोे भन्दै एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नभएको स्पष्ट पारेका हुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पु्नः छलफल हुने भएको छ ।

दल सरकार र गठबन्धनको विषय होइन। राष्ट्रको विषय हो। तपाईंहरुले दर्ता गर्नुभएको विषय हो। सदनको अवरोध हटाउने सबै विकल्पमा छलफल गरौं भन्ने कुरा प्रधामन्त्रीज्यूले बैठकमा भनेका थिए । प्रधानमन्त्री र ओली बीच यसअघि पनि एक्लाएक्लै बैठक बसेको थियो ।