देउवालाई भेट्न ओली बालुवाटारमा पुगे


प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई फर्किएलगत्तै ओलीको गाडी प्रधानमन्त्री निवास छिरेको हो।

सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेटलाई निर्णायक मानिएको छ। बिहीबारको संसद बैठकबाट एमसीसीबारेको छलफल अघि बढ्न नसकेपछि प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलसँगको संवाद करिब सकिएको बताएका थिए।

यस अघि देउवा–ओली, ओली प्रचण्डबीच बानेश्वरमा छलफल भएको थियो । सत्तागठबन्धन र एमसीसीका विषयमा के गर्ने भन्ने बारेमा दलहरु अझै निर्णयमा पुग्न सकेका छैन ।