एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका हेमराजको शल्यक्रिया हुदैं


एमसीसीविरुद्ध बिहीबार बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीको अन्नर्पूण न्यूरो अस्पतालमा शल्यक्रिया हुदैछ । टाउकोमा रगत जमेका अवस्थीको ट्रमा सेन्टरबाट यो अस्पतालमा ल्याई शल्यक्रिया गर्ने तयारी भएको हो ।

माओवादी केन्द्रको कार्यकर्ता रहेका उनको टाउकोमा रगत जमेको अस्पतालले जनाएको छ । काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा भई हाल राजधानीमा कोरियन भाषा पढाउदै आएका थिए । घाइते अवस्थीका बुवा माओवादी केन्द्रका वडासचिव भएको पुष्टि भएको छ ।

टाउको गम्भीर चोट बोकेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको माओवादी सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टले पष्टि गरेका छन् । घाइते अवस्थीको अवस्था भने सामान्यनै रहेपनि रगत जमेका कारण शल्यक्रिया गर्नुपरेको हो ।

उनलाई प्रहरीले हानेको गोली लागी घाइते भएपछि एभरेष्ट अस्पतालमा उपचाार हुन नसकि ट्रमा सेन्टरमा लगिएको थियो । अहिले उनका आफ्न्त समेत अस्पतालमा आइपुगेका छन् ।