संसद बैठक फेरी स्थगित, १५ गते बस्ने


काठमाडौं, फागुन १३। प्रतिनिधिसभा संसद बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो । दलहरुका बीचमा विभिन्न चरणमा छलफलहरु भैरहेका कारण बैठक प्रभावित भएको हो ।