मुलुक भित्रै अवसर नदेख्नेलाई यो कृषि फर्मबाट सिक्ने कि ?


काम गरे के हुदैन काठमाडौं, फागुन १३। कालीगण्डकीको कल्कलाहट, चारैतिर हरियाली डाँडा काँढाहरुले सानो उपत्यका झैँ लाग्ने सुन्दर गाउँ शहर फलेवास नगरपालिकाको केन्द्रस्थल हो ।

त्यही कालीगण्डकीको केही माथि लमतन्न परेको भुसाल चौर, राहाले बजार उन्मुख क्षेत्र आधुनिक कृषि कर्म र व्यापार व्यवसायमा जुटिरहेका छन्, बाबुराम भुसाल । बलराम कृषि फर्म, फलेवास नगरपालिका – ६ देवीस्थानका सञ्चालक भुसालको कृषि अनुभव, योजना र संघर्षको वास्तविकता निकै संघर्षशिल बनेको छ । त्यहाँ पुग्ने जो कोहीलाई पनि केही सिकौँ, केही गरौँ भन्ने प्रेरणा अवश्य नै मिलेको हनुपर्छ ।

आधुनिक पशु पालन होस् वा कृषि होस् सिङ्गो देविस्थान वार्ड आफूलाई अब्बल सावित गराउन प्रयत्नरत देखिन्छ । त्यहाँका केही उल्लेख्य कृषि फर्म मध्ये यो फर्मको पनि नाम समेत अग्रपंतिमा आउँछ ।

फर्मका संचालक भुसाल लामो समय जिल्ला कृषि विकास कार्यालयमा कर्मचारी भएर काम गरे पश्चात जापानमा समेत लामो समयको कार्यानुभव सँगाल्दै हाल स्वदेशमा नै केही गर्नु पर्छ भन्ने उत्साहका साथ कृषि क्रान्ति नभई देश विकास सम्भव हुँदैन भन्ने भावनाका साथ निरन्तर यसै क्षेत्रमा खटिइरहेको बताउँछन् ।

भुसाल चौरमा अवस्थित यो फर्ममा आधुनिक संरचना निर्माण भएका छन् । उन्नत जातका गाईहरु छन् । आधुनिक खोरमा लोकल कुखुरा पालिएको छ । हिउँद याममा लगाइने गहुँ र फापर खेति समेत गरिएको छ ।

तरकारी खेती सोत आधुनिक तरिकाले गरिएको छ । काउली, वन्दा, रायो, ब्रोकाउली, केराऊ जस्ता हिउँदे तरकारी खेती गरिएको छ । तरुल खेती पनि राम्ररी गरिएको छ । फलफूल खेतीमा केरा स्ट्रब्रेरी, जापानिज कटुस र कागती लगाइएको छ ।

यसरी नवीन तरिकाबाट फर्म सञ्चालन गरिएको हुनाले यस फर्मबाट भावी दिनमा मनग्गे आम्दानी हुन सक्ने देखिन्छ । समथर भूमि, यतायातको सुविधा, बजारको पहुँच र अनुभवि सञ्चालक भएको कारण यो फर्मको आर्कषण नै बेग्लै छ ।

बलराम भुसाल एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघ पर्वतको जिल्ला अध्यक्ष समेत हुन । उनले यस क्षेत्रमा गाई पालन र दुग्ध डेरी सञ्चालनमा सक्रिय भुमिका खेल्दै आएका छन् । कृषिक्षेत्रको एउटा नेतृत्व तहमा सक्रिय रहेको हुनाले पर्वत जिल्लाको कृषि क्षेत्रमा नै सहयोग पुग्ने देखिन्छ ।

सञ्चालकले आफ्ना अनुभव सुनाउँदै फर्मका भ्रमण गराउँ धेरै बुझ्ने अवसर पाइयो । सबैले कर्मप्रति विश्वास गरेर यसरी नै कृषि व्यवसाय गर्न सकेमा स्वनिर्भर र समृद्ध देश बन्न सक्छ भन्ने कुरालाई कसैले नकार्न सकिँदैन ।

लोकल कुखुरा र परेवाको हुल, सुरिलो आफ्ना गाईको आवाज, लटरम्म फलेका फलफूल, तरकारी बारीको हरयाली, फुलहरुमा घुम्ने मौरीको भुनुभुनाहटले फर्ममा पुग्ने जो कोहीलाई पनि मन्त्र मुग्ध बनाउँछ ।

यता सञ्चालकको मिठो बोली र आतिथ्यताले झनै प्रभावित बनाउँछ । कृषि कर्ममा अनुभव लिनका लागि एक पटक पुग्नै पर्ने यो फर्म एउटा सफल र उदाहरणीय कृषि फर्म बन्न सकेको छ । अहिले पनि कृषिमा खेती गर्नेहरुका लागि अवसर धेरै नै छ ।

राज्यस्तरबाट समेत अअनुदान र सहुलियतपूर्ण ऋणको उचित व्यवस्था हुने गरेको छ । तर टाडा बाटाहरुले कृषिलाई देखाएर अनुदान पचाउने प्रणालीको रुपमा विकास भएकाले बास्वीक किसानहरु भन अझै पनि मारमा परिरहेका छन् ।

यसरी राज्यस्तरबाट अनुदानमात्र लिने तर व्यवहारीक रुपमा आफै पेशाप्रति उत्तरदायि नभएकै कारण समस्यामा पर्ने गरेको छ । त्यसैले सही रुपमा राज्यको सहुलियत पूर्ण सुविधा लिएर काम गर्न सकेमा सबै पक्षलाई फाइदा पुग्ने देखिन्छ ।