सरकारी गाडीको सदुपयोग नहुदा कार्यालयको परिसर ढाकियो <फोटोफिचर>


काठमाडौं, फागुन १४। विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरि नयाँ गाडी खरिद गरी यसरी थन्क्याइन्छ। सरकारी कार्यालयका परिसरमा वर्षौँदेखि गाडी थन्किँदा कार्यालय थोत्रा गाडीका ग्यारेजजस्तै बनेका छन् ।

केही वर्षअघिसम्म सिंहदरबार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझै देखिन्छन् । पार्किङ र खुला ठाउँमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्। कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौँदेखि थन्किएका गाडी मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् । पुल्चोकमा रहेका सरकारी विभाग, कार्यालयहरु, बानेश्वरमा रहेको यातयात विभाग परिसर, सडक विभाग र सिंहदरबार परिसरमा थन्किएका गाडीको तस्बिर यस्ता छन् ।