मानिस किन बरबराउँछन् निद्रामा ? कसरी पाउने छुटकारा ?


विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने बानी हुन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ । तर विशेषज्ञ भने निद्रामा बोलेको कुराको कुनै अर्थ नभएको र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार भएको तर्क गर्छन् ।

निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा नभेटिने चिकित्सकको तर्क छ । निद्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरु बताउँछन् । बरु यसले पर्याप्त निद्रा नपुगेको चाहिँ संकेत दिन्छ । धेरै मानिसलाई तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्दछ ।
आवश्यक छैन ।

कसरी पाउने छुटकारा ?

समयमै सुतेर, व्यायाम गरेर तथा मनोपरामर्शदाताको सहयोग लिएर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । विशेषगरी, समयमै सुत्ने र समयमै उठ्ने बानी गरेमा शरीरलाई आराम मिल्छ, जसले गर्दा यो समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ । त्यस्तै, व्यायाम गरेर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । किनकी कयौ पटक शरीरमा रक्तसञ्चार राम्ररी नभएमा पनि मानिसहरु निद्रामै बरबराउने गर्छन् । त्यसैले, यो समस्याबाट छुटकारा पाउन तथा मन, मस्तिष्क र शरीरलाई स्वस्थ राख्न योगा तथा व्यायाम गर्न सल्लाह दिइने गरिन्छ ।

यसबाहेक, दिमागलाई स्थिर राख्न संगीत सुन्नका लागि पनि सुझाव दिइने गरिन्छ । संगीतले मन प्रफुल्लित राख्नुका साथै मस्तिष्कलाई स्थिर राख्दछ । साथै, संगीतले निद्रा पनि जगाउँछ । जसले गर्दा निद्रामा बरबराउने समस्या पनि क्रमिक रुपमा कम हुन थाल्दछ । यसका बाबजुद पनि यो समस्या कम नभएमा भने साइकोथेरापिस्टको परार्मश लिनु पर्दछ । र, उनीहरुको राय तथा सुझाव अनुसार नै यो समस्यालाई कम गर्न सकिन्छ ।