विपन्नलाई घर बनाईदिदै कर्णाली प्रदेश सरकार


काठमाडौं, फागुन १५। कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ । त्यसका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ । हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखको लागतमा खर्च गरिने कार्यविधि रहेको जनाईएको छ ।

यसअघि सञ्चालनमा रहेको जनता आवास कार्यक्रममा दलित समुदायलाई प्राथमिकता दिइएकोमा विपन्न आवास कार्यक्रममा सबै विपन्न नागरिकको आवस निर्माण गरिने छ । स्थानीय सरकारको सिफारिसका आधारमा पारदर्शी प्रक्रिया अपनाई लक्षित परिवार छनोट गरिने जनाईएको छ ।