एमसीसीबारे बालुवाटारमा सत्तारूढ गठबन्धनको छलफल


काठमाडौं, फागुन १५। एमसीसीको बारेमा निर्णय लिन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटार बैठकमा सहभागी छन्।

प्रधानमन्त्री देउवाको सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनको बैठक अहिले जारी छ। एमसिसीलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।

ब‌ैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेताहरू पनि सहभागी छन्।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ।

आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यातम्क टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो।