माओवादी केन्द्रले ‘व्याख्यात्मकसहित एमसीसी पास गर्ने घोषणा गरेपछि अमेरिका सकारात्मक


‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत व्यक्त गरिसकेको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेका थिए ।

‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्, ‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र ?

भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’ नेकपा समाजवादी जनता समावजादी र माओवादी एमसीसी पास गर्ने पक्षमा देखा परेका हुन ।