नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसद बैठकबाट अनुमोदन गर्ने निर्णयसंगै माओवादी भित्र राष्ट्रियताको सवालमा चरम विवाद सुरु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले भित्री रुपमा एमसीसीको पक्षमा निरन्तर सौद्धान्तिक सहमति र निर्णय गर्दै अघि बढ्ने, बाहिर भने आम जनता, नेता र कार्यकर्तालाई सडकमा उत्रान प्रेरित गर्ने दोहोरो चरित्रकै कारण मुलुक थप संकटमा पर्न थालेको छ ।
फोटो : माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटाको फेसवुकबाट
मसीसीको सहमति हुने प्रक्रिया देखिनै माओवादी बाहिरी रुपमा एमसीसीको पक्षमा बाहिर देखिएको थिएन । तर पछिल्ला दिनमा भने जब प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुई बाँकी सत्तामा पुगेको माओवादीले भित्री रुपमा सत्ता र एमसीसी सम्झौता पारितमा लेनदेन गरेको स्पष्ट देखिन्छ ।
माओवादीको आज बसेको शिर्ष नेताहरुको बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादी नेताहरु कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, गिरीराजमणी पोखरेलले यथास्थितिमा अनुमोलन गर्ने विषयप्रति असहमति जनाएका छन् । शिर्ष केही नेता मात्र होइनन युवा नेतादेखि कार्यकर्तासम्म एमसीसी पास गर्ने पक्षमा भने विपती राख्दै आएका छन् ।
माओवादीका युवा नेता तथा अखिल क्रान्तिकारीको पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न नै उठाएका छन् । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपाने नेतृत्वप्रति रुष्ट बनेका हुन ।
हालको नेकपा माओवादी केन्द्रमा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक नहुनेभन्दै केही शिर्ष नेताको पूर्ण असहमति गरिने निर्णय वैधानिकता नहुने उनको भनाई छ । न्यौपानेले उनले केन्द्रीय समितिले गर्ने निर्णयबाहेक अरु वैधानिक हुन नसक्ने स्पष्ट पारेका छन् ।
माओवादी केन्द्र केन्द्रीय सदस्य समेत रहेको न्यौपानेले केन्द्रिय समितिको बैठक पटक–पटक स्थगित गरेर नेतृत्वले महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था भएको बताए । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने काम कदापी युवा वर्गाका लागि स्विकार्य नहुने बताएका हुन ।
उनले माओवादी राष्ट्रघात गर्ने पार्टी नभएकाले माओवादी एकाध व्यक्तिको निजी क्लब भएको जस्तो देखिएकाले यसको मुक्त गर्नुपर्ने बताएका छन । न्यौपानेले एमसीसी पास गर्न नहुने तर्फ रुपष्ट रुपमा उभिनु पर्ने बताएका छन् ।
यता माओवादीका युवा नेता हिमाल शर्माले माओवादी अध्यक्ष प्रचण्डको एमसीसीका पक्षमा स्पष्ट अडान नभएको प्रति चिन्ता व्यक्त गरेका छन् । हिजोसम्म एमसीसीको विरुद्धमा सडकमा जनता उतारेको भएपनि एकाएक आज पार्टी आफ्नो पुरानो अडानबाट पछि हटेका कारण पुनः जनतासंग जान थप समस्या सृजना हुने भन्दै माओवादीलाई यस एजेण्डाले थप क्षति पुग्ने बताएका छन् ।
फोटो : माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटाको फेसवुकबाट
सबै भन्दा बढि एमसीसीको पक्षमा सुरुका दिन देखि माओवादी पार्टी गिजोलिएकै कारण माओेवादीका नेता कार्यकर्तालाई अन्यौलता त थियो नै । तर अहिले भने माओवादी अध्यक्ष प्रचण्डले बाहिर यो परियोजनाको चार्को रुपमा विरोध गर्ने तर भित्री रुपमा सत्ता नेतृत्व दल नेपाली कांग्रेससंग लम्पसार परी एमसीसी अनुमोदन गर्न सहमत जनाउनुलाई हास्यास्पद रुपमा लिएका छन् ।
यता माओवादीले भने एमसीसीलाई यसरी व्याख्यात्मक टिप्पणी गरेको छ ।संसाेधनका लागि राखिएका व्याख्यात्मक टिप्पणीका ५ बुँदाहरू:
माओवादीका युवा नेता शर्मा र न्यौपाने मात्र होइनन सबै जसो राष्ट्र भक्ति नेता तथा कार्यकर्ता एमसीसी अहिलेको अवस्थामा अहिलेकै सर्तमा रहेर पास गर्न नहुने पक्षमा स्पष्टसंग देखिएका छन् । माओवादीका नेता कार्यकर्ता मात्र होइनन नेपाली कांग्रेस, नेकपा समाववादी, नेकपा एमालेलगायतलाई समर्थन गर्नेहरुपनि एमसीसीको पक्षमा नभए पनि औपचारिक रुपमा माओवादी जसरी सडकमा भने पुगेका थिएन ।
सुरुकै दिनदेखि नेपाली कांग्रेस र नेकपा एमाले एमसीसीको पक्षमा थियो । तर माओवादी भने स्पष्ट रुपमा बाहिरी एमसीसीको विपक्षमा थियो । माओवादीका नेता कार्यकर्ता पनि प्रचण्डको बाहिरी आवरणलाई विश्वास मानी एमसीसीकै विरोधमा लागि रहे ।
विश्वास पनि कसरी नगरुन अध्यक्षको राजनीतिक प्रतिवेदन मै यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नसकिने भनि भनिएको थियो । यो विषय माओवादीको महाधिबेशनबाटै पारित भएको राजनीतिक दस्तावेज हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले सरकार निर्माण गरेपछि कूटनीतिक मर्यादा नाघेर एमसीसीको केन्द्रिय कार्यालय अमेरिकालाई पत्र नै पठाएर एमसीसी संसदबाट पारित गर्ने वातावरण तयार गर्न केही दिन समय चाहिने भन्दै समय मागेका थिए ।
जुन कि यो पत्र अर्थमन्त्रालयका सहसचिवले पठाउँदा हुने पत्र हो ।यता माओवादी अध्यक्ष प्रचण्डले इन्द्रेणी कार्यक्रमको देउसी भैलो कार्यक्रममा आफ्नै निवासमा एमसीसी संशोधन नगरि पास नहुने अडान राखेका थिए । तर त्यो अडान तीन महिना मात्रै टिक्यो ।
उनै प्रचण्डको नेतृत्वमा माओवादी संसदले एमसीसीको पक्षमा पुग्न बाध्य भए । माओवादीले लगातार युवाहरुलाई सडकमा उतारी प्रहरीका लाठी र ढुंगा हान्न लगायो । हिजोसम्म सडकमा आएका कार्यकता आज घरमै बसी समाचार हेर्न र एक पटक नेतृत्वप्रति सोच्न बाध्य बनेका हुनुपर्छ ।
भाषालाई जनताको आँखामा छारो हाल्न जे भनिएपनि माओवादी यो निर्णयले उसकै भविष्यमाथि बन्चरो हानेको छ । व्याख्यात्क टिप्पणी भनेको जनतालाई देखाउनका लागि तत्कालिन फेस सेफ मात्र हो । संसदको निर्णय सासदको हातमा छ । नेतृत्वको भविष्य आम नागरिकमा छ । एमसीसीकोबारेमा गरिएको निर्णयको फैसला अबको साढे दुई महिनामा स्पष्ट हुने छ ।