एमसीसी अपमान र जनताप्रति धोका भएको भीम रावलको भनाई


नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको स्पष्ट पारेका छन् ।

‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका बीच पेश गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो र नेपाल राष्ट्रको अपमान हो । यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ’ उनले भने ।

नेता रावलले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरे । एमसीसी राष्ट्रिय हित र स्वाधीनताको विरुद्ध रहेको भन्दै नेता रावलले व्याख्यात्मक टिप्पणीबाट राष्ट्रविरोधी प्रावधान सच्याउँछु भन्नु धोका भएको बताए ।

माओवादी केन्द्र र नेकपा समावजादीले व्याख्यात्मक घाोषणा गर्दै एमसीसीको पक्षमा लभिएको हो । सत्तारुढ दलले सत्ता जोगाउनका लागि एमसीसीलाई रोजेको हो ।