सांसदलाई भेडा बाख्राको रुपमा नहेरियोस् : झलनाथ खनाल


सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्‌मा छलफल गर्ने वातावरण नबनाइ पारित गर्न खोज्‍नु आपत्तिजनक रहेको बताएका हुन् ।उनले भने,ुएमसीसीका दस्तावेजहरु सदनमा नल्याइकन कसरी हुन्छ । तपाईं हामी भेडा बाख्रा हैनौं ।

उनले सन्धि र सम्झौता सबै सांसदहरुले छलफल गर्न पाउनुपर्ने बताए । एमसीसी र एमसीए नेपालबीचका थुप्रै पत्रचार भयो । यो झलनाथ खनालको पालाबाट सुरु भएको भनियो तर मेरो पालामा भएकै छैन,ु उनले भने,ु हामी अमेरिका विरोधी होइन । नेपालले कुनै पनि देशलाई शत्रु भनेको छैन । तर सर्तहरु राखेर कुनै पैसा दिइन्छ भने त्यो पैसा चाहिँदैन ।
नेपालले आफैंले विकास गर्नसक्छ । तर, अन्त्यत महत्त्वपूर्ण विषयमा छलफल नगराइकन पास गर्न खोज्नु आपत्तिजनक छ ।

उनले नेपाल असंलग्न देशको रुपमा रहेको तर एमसीसी सम्झौतामा एक पटक होइन पटकपटक अमेरिका सुरक्षा अवधारणा मान्नु पर्ने उल्लेख भएको बताए । नेपाललाई कसैको सुरक्षा छाता ओड्ने कुरा स्वीकार्य नभएको उनको भनाइ थियो ।

एउटा व्याख्यात्मक घोषणा गरेर आफूहरुको रिजर्भेसन राखेर एमसीसी पारित गर्न खोजिएको उनको भनाइ थियो । सभाको एकतर्फी घोषणाले मात्रै पास गर्न खोजिएको उनले बताए । उनले भने, घोषणा सम्झौताको अंग बन्छ कि बन्दैन रु अमेरिका सम्झौता सुधार र संशोधन गर्न चाहान्छ भन्ने कुरा सदनले थाहा पाउनु पर्छ ।

उनले आफूहरुले उठाएको कुरामा स‌ंशोधन गर्ने अमेरिकाको चाहना हो भने उसले दिने सहयोग लिन कुनै आपत्ति नभएको खनालले बताए ।