एमसीसी सम्झौतामा आपत्तिजनक केही पनि छैन : डा. बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यसमा एमसीसी पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।

अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए । कि त्यतिबेला गल्ती थियो भन्ने हिम्मत गर्नुपर्छ । गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ’ उनले भने । आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको नेता भट्टराईले बताए । ‘मेरो पालामा सहयोग सम्झौताका रुपमा आएको थियो । म जिम्मेवारी लिन्छु । यो ठीक छ, चाहिन्छ भनेकै हो’ उनले भने ।

एमसीसीमा व्याख्यात्मक टिप्पणी लेखेर स्वीकार गर्ने भनी केही दलले ‘फेस सेभिङ’को बाटो खोज्नु सकारात्मक भएको पनि भट्टराईले बताए । जसपाका सांसद डा।बाबुराम भट्टराईले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै एमसीसीबारे सत्य बोल्नुपर्ने पनि बताए । उनले ‘मसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको भट्टराईको तर्क छ । एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ भन्दै प्रश्न गरेका छन् ।

उनले बोल्दा आक्रमण हुने अवस्था आएको भन्दै २०१७ मा कम्प्याक्टको भासा र २०१९ मा गरिएको सम्झौताको भाषाले आफुलाई पनि कताकता घोच्ने गरेको बताए । ‘तर आधारभूत रुपमा हेर्दा त्यसमा हामीले आपत्ति गर्नुपर्ने विषय केही पनि छैन ।’ आफुले पटक–पटक पढेको भन्दै एमसीसीमा सबैले स्वीकार गर्नुपर्ने बताए । उनले एमसीसीबारे लामो ब्याख्या गर्दै अलिकति अप्रिय भएपनि स्वीकार गर्न आग्रह गरे ।