बैठक आधा घण्टाका लागि स्थगित


प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

आजको पहिलो बैठकमा एमसीसी बारेमा सौद्धान्तिक छलफल पछि ध्वनी मतको आधारमा बहुमतले स्विकृत गरेको छ । अझैपनि सत्तारुढ दल र प्रतिपक्षका बीचमा एमसीसी पास गर्ने वा नगर्नेभन्ने बारेमा अझै मत भेद जारी नै छ । यदि गोप्य मतदान मार्फत मत विभाजन भएमा एमसीसी प्रस्ताव फेल समेत हुन सक्ने आशका त्यतिकै छ ।