मन्त्रिपरिषद बैठक, एमसीसीको ब्याख्यात्मक टिप्पणी ग्रहण (प्रस्तावको पूर्णपाठ)


मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण गरेको छ । संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो ।

आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले  बताए । ६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ । यदि अमेरिकाले कार्यान्वयन गर्ने समयमा यो व्याख्यात्मक टिप्पणी स्विकार नगरे परियोजना समेत अघि बढ्ना नसक्ने निर्णय गरेको छ । पारित सम्झौतासंगै यो टिप्पणी समेत समलग्न बनाईने भएको हो ।