युक्रेनी सेनाले सडक चिन्ह हटायो, युवती समेत लडाईमा, रुसी सेनालाई फिर्ता हुन आग्रह


युक्रेनमा सडक निर्माण र मर्मत सम्भार गर्ने कम्पनीले शत्रु रुसी सेनाले प्रयोग गर्न सक्ने र देशमा आक्रमण गर्न सक्ने सबै सडक संकेतहरू हटाएको छ ।

कम्पनी उक्रावतोडोरले शुक्रबार ढिलो फेसबुक अपडेटमा भन्यो, शत्रुसँग कम्युनिकेशन कमजोर छ, उनीहरूले क्षेत्रमा नेभिगेट गर्न सक्दैनन् ।’रोयटर्स समाचार एजेन्सीले यसको जानकारी दिएको छ । संकेत हटाउनुको कारण रुसी सैनिक आफ्नो लक्ष्यमा पुग्न नसकुन भन्ने रहेको छ ।

कम्पनीले मानक सडक चिन्हको सम्पादित तस्विर पोस्ट गर्‍यो जसमा नजिकैका शहरहरूमा जाने दिशाहरूमा गाली लेखिएको छ । तिमीहरु रुसमा फिर्ता जाउ भनेर लेखिएको छ । यसैबीच, युक्रेनको राजधानी किभमा रुसी आक्रमणलाई विफल पारेको युक्रेनी सेनाले दाबी गरेको छ ।

सरकारको दाबीपछि रुसले सेनालाई राजधानीमा चौतर्फी हमला गर्न आदेश दिएको छ । युक्रेनी सेनाले किभमा आक्रमण गर्ने रुसी सेनाको प्रयासलाई असफल बनाएको दाबी गरेको छ । तर राजधानीमा तोडफोड र क्षति पु¥याउने समूहभने प्रवेश गरेको जनाइएको छ ।


रुसी सेनाले शनिबार तेस्रो दिन युक्रेनी शहरहरूमा तोपखाना र क्रुज मिसाइलहरू प्रहार गरेको थियो । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी किभ युक्रेनीको हातमा रहेको बताएका छन् । तर आज दुई देशबीच शान्ति वार्ता पनि हुने देखिएको छ । यता युक्रेनका सेनाले मुख्य शहरमा प्रवेश गर्ने ठूला–ठूला पुलहरु समेत आफै विस्फोट गराई भत्काएको छ । जसले गर्दा रुसी सेना सहजै मुख्य शहरमा प्रवेश गर्न बाधा पुग्ने सेनाको युक्रेनी सेनाको विश्लेषण छ । यता युक्रेनक सबै नागरिकलाई हतियार वितरण गरिएको युवायुवती देखि सबै उमेर समूहका नागरिक मुलुकको रक्षाका लागि लडी रहेका छन् । अर्कोतिर युक्रेनी सेनाले ठाँउ–ठाँउमा रुख ढलाएर सडक समेत अवरोध गरेका छन् । जसले गर्दा बाहिरबाट जाने रुसी सेनालाई भौगोलिक रुपमा असहज हुने अनुमान गरिएको छ । युक्रेनी युवतीहरु समेत लडाईमा लागी परेकाा तस्विरहरु सार्वजनिक भएका छन् ।