संसद् भवन अगाडि भेटिएको शङ्कास्पद वस्तु सेनाले डिस्पोजल गर्दै


संसद् भवन रहेको नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु भेटिएको छ । संसद् भवनको अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुग्दै छ ।

शङ्कास्पद वस्तु भेटिएपछि नयाँ बानेश्वरको बीच सडकमा गाडी चलाउन रोक लगाइएको छ । अहिले दायाँ र बायाँका लेनबाट मात्रै गाडी पास गराइएको प्रहरीले जनाएको छ ।
एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ८ राजनीतिक दलले आज नेपाल बन्द गरेका छन् । राजधानी सार्वजनिक यातायात, शैक्षिक संस्था पूर्णरुपमा बन्द छन भने अन्य क्षेत्रमा बन्दको आशिक प्रभाव मात्र परेको छ ।