बानेश्वरमा भेटिएको कुकर बम सेनाले निस्कृय पार्दै


नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनाको टोली आइसकेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् ।

बन्दकर्ताले बम राखेर भागेको प्रहरीले बताएको छ । उनीहरुको सिसी टिभीको आधारमा खोजी भैरहेको प्रहरीले जनाएको छ । उता काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ ।

आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुल बजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै यातायात चलेको प्रहरीले जनाएको छ ।