बानेश्वरको शंकास्पद वस्तु सेनाले निष्क्रिय गरायो


नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । सो शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक सुचारु भएको छ । कुकर बम भेटिएसंगै करिव ३ घण्टा सडक अवरुद्ध भएको थियो ।