एमसिसीबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै ओली


काठमाडौं, फागुन १७। नेकपा एमालेले पत्रकार सम्मेलन गरेर एमसिसीबारे धारणा सार्वजनिक गर्ने भएको छ। पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज अध्यक्ष केपी शर्मा ओलीले एमसिसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रम छ। एमालेले आज दिउँसो १ बजे तीनकुनेस्थित एक होटलमा कार्यक्रम गरेर एमसिसीबारे धारणा सार्वजनिक गर्न लागेको हो।

आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएको थियो। उक्त दिन प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले संसद बैठक अवरोध गरेको थियो। एमसिसी छलफल र पारित हुँदा एमालेले नाराबाजी गरिरहेका थिए। एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेको भन्दै लामो समयदेखि संसद बैठक अवरूद्ध गर्दै आएको छ।