युक्रेन-रुस युद्ध अघि र पछिका तस्बिरहरू


युक्रेन-रुस युद्ध: आक्रमणअघि र पछिका तस्बिरहरू जसले विनाश देखाउँछ

किएभ

तस्बिर स्रोत, EPA

रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ।

यहाँ प्रस्तुत आक्रमणअघि र आक्रमणपछिका तस्बिरहरूले गत हप्ता रुसले गरेको आक्रमणपछि आवासीय क्षेत्रहरूमा भएको विनाश देखाउँछ।

युक्रेनको राजधानी किएभबाट केही दूरीमा रुसी सेना रहेको भए पनि राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन्।

तल प्रस्तुत अपार्टमेन्टको एउटा भागमा गत शनिवार बिहानै रुसी क्षेप्यास्त्र प्रहार भएको थियो।

किएभ

किएभको २० किलोमिटर उत्तर पश्चिममा सानो सहर इर्पिन पर्छ र केही सातायता रुस र युक्रेनका सेनाहरू बीचको अग्रपङ्क्तिमा रहेको छ।

तोप र हवाई आक्रमणहरूले त्यस क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ।

एउटा आक्रमणले तल चित्रित आवासीय क्षेत्र लगभग पूर्ण रूपमा ध्वस्त बनाएको छ।

इर्पिन

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ।

युक्रेनी अधिकारीहरूका अनुसार सहरका आवासीय र अन्य क्षेत्रहरूमा बुधवार “रातभरि अन्धाधुन्ध गोली प्रहार” गरिएको थियो।

यसबारे संयुक्त राष्ट्रका अधिकारीहरूले सम्भावित युद्ध अपराधको अनुसन्धान गरिरहेका छन्।

खार्किभ
खार्किभ

किएभबाट ६० किलोमिटर उत्तर पश्चिममा अवस्थित सहर बोरोद्यान्कामा पनि रुसी हवाई आक्रमणले धेरै आवासीय भवनहरू ध्वस्त पारेको छ।

बिहीवारको ड्रोनमार्फत कैद गरिएको दृश्यले कुन हदसम्म विनाश भयो भन्ने प्रस्ट्याउँछ।

त्यहाँका केही भवनहरूको अवशेष अझै जलिरहेको छ। सडकमा सवारीसाधनहरू छरिएका देखिन्छन्।

किएभबाट १२० किलोमिटर उत्तर पूर्वमा रहेको सहर चेर्निहिभले पछिल्ला दिनहरूमा उत्तरबाट आक्रमण गर्ने रुसी सेनाहरूको भारी प्रहारको सामना गरेको छ।

अधिकारीहरूले बिहीवार सहरका विद्यालय र एउटा अग्लो अपार्टमेन्ट भवनलगायतका आवासीय क्षेत्रमा भएका आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन्।

चेर्निहिभ
चेर्निहिभ

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले चेर्निहिभको उत्तरमा अवस्थित रिभ्नोपिल्या नजिकैको गाउँको जमिनमा खाडलहरू देखाउँछन्।

रुसका सेनाद्वारा क्षेप्यास्त्र आक्रमणपछि जलिरहेको घरहरूबाट धुवाँ निस्किएको पनि देख्न सकिन्छ।

रिभ्नोपिल्या

डोमिनिक बेली, माइक हिल्स, लुसी रोजर्स र जो बार्थोलोम्यूद्वारा तयार।