सुनको भाउ १ लाख माथि पुग्यो


सुनको भाउ आइतबार तोलाको १ लाख रुपैयाँमाथि पुगेको छ। आज सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख रुपैयाँमाथि पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

गत शुक्रबारसम्ममा छापावाला सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो। पछिल्लो समय रुस र युक्रेनविच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महंगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो।

यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।