दमौली बजारमा आगलागी, काठमाडौंबाट हेलिकप्टर पठाईयो


तनहुँको दमौली बजारमा अहिले भीषण ​आगलागी भइरहेको स्थानीयले जनाएका छन् ।प्रहरीका अनुसार हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
भूपाल हार्डवेयर पसलबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईएको छ । जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । यसअघि पनि ठूला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो । बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ ।