दमौली आगलागी : आगो नियन्त्रण गर्न हेलिकप्टरसहित थप दमकल परिचालन


तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रण गर्न सबै प्रकारका उपाय अपनाएपनि निणन्त्रणमा आउन सकेको छैन । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोका कारण ४ वटा घर जलेको प्रहरीले जनाएको छ ।

सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । हेलिकप्टर राजधानीबाट दमौली पठाएको गृहमन्त्राालयले जनाएको छ । जमिनबाट पनि निभाउने प्रयास भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताएका छन् ।

आगो नियन्त्रणमा लिन ७ वटा दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ । आगोको फैलावट रोक्नका लागि सुरक्षाकर्मीले डोजर लगाएर ४ वटा टहरा भत्काएका छन् । आगो नियन्त्रणका लागि पोखरा र लमजुङबाट पनि दमकल मगाइएको छ ।

जमिनबाट आगो निभाउन समस्या भएपछि गृह मन्त्रालयले सिम्रिक एयरको हेलिकप्टर तनहुँ पठाएको छ । साधुरो बाटोका कारण आगो नियन्त्रणमा समस्या परेको छ ।