आजको विदेशी मुद्राको विनिमयदर कति ?


काठमाडौं, फागुन २३। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः