ला लिगा : बार्सिलोना तेस्रो स्थानमा उक्लिदा एट्लेटिको पछ्याउँदै


काठमाडौं, फागुन २३। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा इल्चेमाथि २-१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा उक्लियो। त्यस्तै आइतबारनै भएको खेलमा एट्लेटिकोले पनि रियल बेटीसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनालाई पछ्याइरहेको छ। दुबैको समान ४८ अंक रहेको छ।

जारी सिजनको सुरुवाती खराव लयलाई बिर्सिदै बार्सिलोनाले पछिल्लो समय सम्हालिएर प्रदर्शन गरिरहेको छ। बार्सिलोना १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो। बार्सिलोनाविरुद्ध इल्चेका चाभेस डि ला टोरेले ४४ औ मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए। तर ६६ औं मिनेटमा बार्सिलोनाका सब्सटिच्युट फेररान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याए।

टिमका लागि निर्णायक गोल भने मेम्फिस डिपेले पेनल्टीमार्फत ८८ औ मिनेटमा गरेका थिए। एन्टोनियो बरगानले ह्यान्ड गरेपछि पाएको पेनल्टीलाई औबामेयाङले डेम्पेलाई अवसर दिएका थिए। तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २६ खेलबाट ४८ अंक भएको छ।एक खेल बढी खेलेको एट्लेटिकोको पनि ४८ अंक भएपनि गोल अन्तरमा पछि रहँदै चौंथो स्थानमा छ। दोस्रो स्थानको सेभिल्लाको ५५ अंक छ भने शीर्ष स्थानको रियल मड्रिडको ६३ अंक रहेको छ।