नारी दिवसको अवसरमा इन्द्रेणी विशेष कार्यक्रम काभ्रेस्थलीमा


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा इन्द्रेणी विशेष कार्यक्रम काभ्रेस्थलीमा प्रस्तुत गरेको छ । काभ्रेस्थलीका स्थानीय समाजसेवीहरुको आयोजनामा फाउण्डेशनले यहाँ नारी विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको हो ।

सो अवसरमा विभिन्न दुुःखी पिडितहरुलाई फाउण्डेशनका अध्यक्ष तथा कार्यक्रम सञ्चालक कृष्ण कंडेलले सहयोग हस्तान्तरण गर्नुभएको हो । दुवै हात नभएका, मृगौलामा समस्या, खुट्टा नच्लने तथा अति विपन्न व्यक्तिलाई सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा स्थानीय समाजसेवी पूर्णबहादुर थापाले आफ्नी श्रीमती द्रौपती थापाको सम्झनामा काभ्रेस्थली माध्यामिक विद्यालयलाई ५ लाख ६० हजार रुपैयाँ इन्द्रेणी कार्यक्रम मार्फत अक्षयकोषका लागि विद्यालयका प्रधानाध्यापक श्यामलाल पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै स्थानीय समाजसेवी राजेन्द्र कुमार भण्डारीले आफ्नी श्रीमती चन्द्रा भण्डारीको स्मृतिमा २ लाख रुपैयाँ अक्षयकोषका लागि सो विद्यालयका प्रअ पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

इन्द्रेणी कार्यक्रम मार्फत सेवा, सन्देश रमनोरञ्जन दिनका लागि प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रममा स्थानीयवासिन्दाहरु निकै उत्साहित भई सहभागी भएका थिए ।


स्थानीय बद्री थापाले इन्द्रेणी कार्यक्रमले काँठ क्षेत्रको लोक संस्कृतिको संरक्षण गर्नमा टेवा पु¥याउनुका साथै युवा पुस्तामा आफ्नै कलाप्रति आर्कषित गर्न योग्दान पु¥याएको बताए । इन्द्रेणीका कलाकालहरु मनमाया वाइवा, युवराज चौलागाई, कृष्ण बजगाई, श्रर्मिला श्रेष्ठ, श्रीराम अधिकारी तथा बालचन्द्र बरालले विषेश दोहोरी प्रस्तुत गरेका हुन ।
यता स्थानीय भजन मण्डली टोलीले निकै पुरानो तथा पौराणिक धाार्मिक कथामा आधारित भजन समेत प्रस्तुत गरेका हुन ।