नायिका करिश्मा मानन्धर एमाले प्रवेश गर्दै


अभिनेत्री तथा नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नायिका मानन्धरले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी पार्टीमा भावी भूमिका बारेमा छलफल गरेकी हुन । ओलीलाई भेट्न करिश्मालाई लिएर एमाले सांसदद्धय नवराज सिलवाल र गंगा चौधरीले बिहीबार बालकोट पुराएका हुन ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको भन्दै थप निष्र्कष सहित अगाडि बढ्ने बताएकी छन् । उनले चाँडै आफू एमाले प्रवेश गर्ने तयारी समेत रहेको बताउँदै करिश्माले सहकार्य गरेर अघि बढ्ने बारे छलफल भएको बताइन ।

एउटा राजनीतिक विचार लिएर अघि बढ्नैुपर्ने भन्दै राजनीतिमै सक्रिय हुने बताँइन । उनले एमालेमा प्रवश गर्ने बारेमा आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी भएपनि अनुकुल समय नभएको बताउँदै आफ्ना धेरै साथीभाइ एमाले निकट भएकाले आगामी दिनमा सहन हुने धारणा व्यक्त गरेकी छन् ।

आफ्नो क्षमता र योइगता बमोजिम पार्टीले भूमिका दिनुपर्ने उनले अडान छ । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि राजनीतिबाट सक्रिय छैनन । पछिल्लो समयमा पढाईमा ध्यान केन्द्रित गरेको नायिका अब बढाईलाई जारी राख्दै राजनीतिमा समेत सक्रिय हुनेभएकी हुन ।