नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका खेल्दै


काठमाडौं, फागुन २७। अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ । कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त-११ सँग खेल्दैछ ।श्रीलङ्का-११ को टिमबाट राष्ट्रिय टोलीका महत्त्वपूर्ण पूर्व खेलाडी पनि खेल्ने भएकाले आजको खेललाई महत्त्वका साथ हेरिएको छ ।

नेपालसँग खेल्ने श्रीलङ्काको संयुक्त-११ मा उपुल थरङ्गा, थिसारा परेरा, धम्मिका प्रसाद, सिक्कुगे प्रसन्ना, दिलरुवान परेरा, दिलसान मुनाविरा र सन्दुन विराक्कोडी जस्ता पूर्व राष्ट्रिय क्रिकेटर रहेका छन् । नेपालले यसअघि भएका तीन वटै अभ्यास खेल जितेको छ । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । नेपाल, पपुवा न्युगिनी र यूएईबीचको श्रृङ्खला आउँदो चैत १ गतेदेखि सुरु हुँदैछ । नेपालले चैत २ गते पपुवा न्युगिनीसँग खेल्नेछ ।