नुवाकोटमा माओवादी नेता बोगटीको शालिक अनावरण


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटीको निधनपछि आफूले दुःख मात्र नभई एक्लो समेत भएको बताएका छन् ।
शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले उनको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको बताए ।

उनले भने, ‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको बताएका हुन ।

पार्टीमा बेलाबेला देखा पर्ने अन्तरसंघर्षले सीमा नाघ्दा बोगटीले नै मिलाउने गरेको उनले सम्झिए । बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरु सिनियर थियौं । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरुको करिव करिव सातो जान्थ्यो ।’

डाक्टर र वैद्यले आफूलाई साताएको बेला बोगटीले नै संकट टार्ने गरेको उनले शालिक अवतरणको सुुमयमा सुनाएका हुन । माओवादी केन्द्रका नेता बोगटीले २०७१ साल भदौं ३० गते हदयघातका कारण निधन भएको थियो ।