प्रेस चौतारीको अध्यक्षमा पुन: गणेश बस्नेत सर्वसम्मत चयन


काठमाडौं, फागुन २९। प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत सर्वसम्मत चयन भएका छन्। पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएका हुन्। यद्यपी, नयाँ नेतृत्वको औपचारिक घोषणा भने हुन बाँकी छ। बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।

चौतारीको १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन भएका छन्। यस्तै महासचिवमा हिरामान लामा चयन भएका छन्। यसै गरी उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन भए। कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन्।