सगरमाथा क्याम्प २ मा विश्वकै अग्लो चिया पार्टीको कीर्तिमान


काठमाडौं, चैत्र ०१। एन्ड्रु हग्स र उनका पर्वतारोही सदस्यका लागि अग्लो चिया लिनुुले नयाँ अर्थ राखेको छ। पर्वतारोहण दलले नेपालमा गत वर्ष समुद्री सतहभन्दा २१ हजार ३ सय १२ फिटमाथि सगरमाथा क्याम्प २ मा एक चिया पार्टी आयोजना गरेको थियो।

जसले गिनिज विश्व कीर्तिमान कायम गरेको छ। यही महिनामात्रै हालसम्मकै अग्लो चिया पार्टीको कीर्तिमानलाई गिनिजले पहिचान गरेको हो। वासिङटनस्थित सिटलका हग्स उनकै भाषामा भन्दा ‘उच्च साहसी एथ्लेट’ हुन्। अग्लो चिया पार्टीको योजना भने कोरोना महामारीले प्रतिबन्ध र लकडाउन हुनथालेपछि पर्वतारोहण सम्भव नहुने निष्कर्षसँगै बनेको उनको भनाइ छ।

जब उनी आइसोलेसनमा बसे त्यसले उनलाई पर्वतहरुभन्दा सामुदायिक गतिविधिको यादले हैरान बनायो। ‘जीवनमा असाध्यै ठूला भनेका प्रायः बाँडेका कुराहरु नै हुन्’, हग्सले भने। उनका अनुसार त्यो माहोल भने सन् २०२१ को मे ५ तिर भएको थियो। यसले अरुलाई पनि आफ्ना सपना खोज्न प्रेरित गर्ने उनको भनाइ छ।

उनका अनुसार अग्लो चिया पार्टी गर्न र अघिल्ला कीर्तिमान पन्छाउन निकै संघर्ष गर्नुपरेको थियो। खासगरी खुम्बुको हिमपातकै बीच सामग्रीहरु बोक्न निकै असहज थियो।

त्यही चिया पार्टीमा सामेल अर्का एक जनाका अनुसार योजना बनाइएको चिया पार्टीको दिन ठूलो हिम आँधीले हिमपात भएको थियो। त्यसबाहेक अर्को अन्य आपूर्तिको व्यवस्थापन मिलाउन उस्तै समस्या भएको थियो। उनले सिटलबाटै गर्ल स्काउट कुकिज लगेका थिए। यी सामग्री नेपालसम्म विमानमा, बेसक्याम्पसम्म सडक यातायात र त्यसपछि आफ्नो झोलामा राखेर क्याम्प २ सम्म लगेका थिए।

अन्त्यमा उनीहरुले योजना गरेको चिया पार्टी सम्भव भएको थियो। यसलाई उनी आफ्नो जीवनकै अविस्मरणीय रहेको उनी बताउँछन्। उनी सन् २०१९ को असफल प्रयासको दुई हप्तापछि सगरमाथाको शिखरमा पुग्न सफल भएका थिए। । –सीएनएन