ताल्चा फुटाएर वडा कार्यालयमा चोरी


चन्द्रागिरि नगरपालिकाको बलम्बुमा ताल्चा फुटाएर चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित १२ नम्बर वडा कार्यालयको भवनमा चोरी भएको हो ।
वडा कार्यालयको ताल्चा फुटाइ १ थान टिभि, ३ थान कम्युटर सेट, १ थान मोबाइल समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको स्थानीय समाजसेवी तथा पत्रकार रोशन दानीले जनाएका छन् ।