शेयर बजारमा दोहोरो अंकको पहिरो


चैत महिनाको पहिलो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २ हजार ६ सय ५० दशमलव ९७ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबारका मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २६ अंकले घटेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकम पनि ३ अर्ब ३६ करोडमा रोकिएको छ । केही दिन देखि सुधार भएको नेप्समा आज अप्रत्यासित रुपमा कारोबार सोत कम हुनुका साथै रातै भएको हो ।

नेपाल राष्ट्र बैंकले नागरिकका लागि ऋण पत्र जारी गरेको असर शेयर बजारमा परेको हो ।