विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै


काठमाडौं, चैत्र ०२। युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ । नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो । लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।