गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका सेनाका जवानको डुबेर ज्यान गयो


काठमाडौं, चैत्र ०३। चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको ज्यान गएको छ । गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत हुनुहुन्थ्यो । हिजो बेलुका निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा कटुवालले दलदल पोखरीमा हाम फाल्नुभएको थियो ।