अन्तर्राष्ट्रिय फैजदारी अदालतले रुसलाई तत्काल युद्ध रोक्न आदेश दियो


काठमाडौं, चैत्र ०३। रुस युक्रेन युद्धका बीच अन्तर्राष्ट्रिय फैजदारी अदालतले आफ्नो फैसला सुनाएको छ । आइसीजेले रुसलाई युक्रेनमा तत्काल युद्ध रोक्न आदेश दिएको छ । बुधबार भएको सुनुवाइमा अदालतले रुस समर्थित देशहरुलाई यो मामिलामा दूरी कायम गर्न भनेको छ । आइसीजेले अदालतको जे फैसला हुन्छ त्यो सबै पक्षका लागि बाध्य मानिनेछ ।

यस क्रममा आइसीजेले रुसको अगाडि युक्रेनीसैनिकले आत्मसमर्पण नगरेको कुराको प्रशंशा गरेको छ । अदालतले भनेको छ ‘रुसी आक्रमणमा युक्रेनी जनता, सैनिक र राष्ट्रपति जेलेन्स्कीले बराबरी प्रतिकार गर्नु प्रशंशनीय कुरा हो ।’ यस क्रममा अदालतले रुस समर्थित देशहरुलाई सैन्य समर्थन नदिन अपिल गरेको छ । आइसीजेको फैसलाप्रति रुसी राष्ट्रपति जेलेन्स्कीले खुसी व्यक्त गरेको छ । जेलेन्स्कीले भने ‘युक्रेनले अन्तर्राष्ट्रिय न्यायालयमा रुसविरुद्ध आफ्नो मुद्दामा जित हासिल गरेको छ । आइसीजेले आक्रमण तत्काल रोक्न आदेश दिएको छ । यो आदेश अन्तर्राष्ट्रिय कानुन अनुसार बाध्यकारी छ । रुसले तुरुन्त अनुपालन गर्नुपर्छ । आदेशको अवहेलनाले रुसलाई अझै अलग पारिदिनेछ ।’

यसअघि ७ मार्चमा भएको सुनुवाइ रुसले बहिष्कार गरेको थियो । युक्रेनले अन्तर्राष्ट्रिय न्यायालयसँग रुसलाई सैन्य अभियान बन्द गर्न आदेश दिन अपिल गरेको थियो । युक्रेनले रुसको आक्रमण संयुक्त राष्ट्रसंघीय नरसंहार सन्धिको दोषपूर्ण व्याख्याको दायरामा आउने दावी गरेको छ । युक्रेन र रुसबीच २४ फेब्रुअरीमा सुरु भएको युद्ध ३ हप्ताभन्दा धेरै भइसकेको छ । युद्ध अन्त्य गर्ने विषयमा २ देशबीच ४ चरणको वार्ता भइसकेको छ तर यसको अहिलेसम्म कुनै सकारात्मक परिणाम निस्किएको छैन । यो युद्धमा अहिलेसम्म सयौं आम नागरिक र हजारौं सैनिक मारिएका छन् । लाखौं जनता देश छोडेर गइसकेका छन् ।